शनिबार, चैत २८, २०८२

मेस्सीलाई पहिलो पटक स्पेनको प्रतिष्ठित अवार्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- अर्जेनिटी तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पहिलो पटक स्पेनको प्रतिष्ठित अवार्ड जितेका छन् । उनले पहिलो पटक स्पेनको प्रतिष्ठित अवार्ड ‘सेन्ट जर्ज क्रस’ जितेका हुन् ।

सन् १९८१ बाट प्रदान गरिदै आएको यस अवार्डलाई क्याटलोनिया क्षेत्रको परिचय र संस्कृतिमा विशेष योगदान दिने व्यक्तिलाई प्रदान गरिने गरिन्छ । जुन अवार्ड स्पेनको क्याटलोनियाले सरकारले प्रदान गर्ने गर्दछ । 

बार्सिलोनाबाट खेल्दै आएका मेस्सीले क्याटलोनिया र बार्सिलोनाका लागि विशेष योगदान पुर्याएको भन्दै उनलाई पहिलो उपट उक्त अवार्डले सम्मान गरिएको हो । मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले जारी सिजनको पहिलो उपाधि जिति सकको छ । 

सिजनको पहिलो उपाधिको रुपमा ला लिगाको उपाधि जितेका उनले अबको लक्ष्य च्याम्पियन्स लिग भएको बताएका छन् । उनले ला लिगामा जारी सिजनका ३२ खेल खेल्दा ३४ गोल गरेका छन् । 

सबै खाले ४५ खेलमा ४६ गोल गरेका मेस्सी यस सिजनको गोल्डेनबुटका एक्ला दाबेदारका रुपमा रहेका छन् । उनले यसअघि पाँच पटक बालोन डी’ओर अवार्ड जितिसकेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।