एजेन्सी- इंग्लिस प्रिमियर लिग क्लब टोटनहाम च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाईनलको पहिलो लेगमा पाजित भएको छ । घरेलु मैदनमा भएको पहिलो लेगमा टोटनहाम डच क्लब अजाक्ससाग १-० गोल अन्तरले पराजित भएको हो ।
पाहुना टोलीको जितका लागि खेलको एक मात्र निर्णायक गोल भान डि विकले गरे । उनले खेलको १५ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई महत्वपूर्ण जित दिलाए । पहिलो हाफमा आयाक्सले १-० को अग्रता लिएको खेलको दोस्रो हाफमा दुबै टोलीबाट कुनै थप गोल हुन सकेन् ।
थप गोल हुन नसक्दा पहिलो लेग आयाक्सले १-० ले आफ्नो पक्षमा पारेको हो । अब दोस्रो खेल आयाक्सको घरेलु मैदानमा मे ८ तारिख राती हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४