बिहीबार, साउन २१, २०८३

आइपिएल : बेंगलोर बाहिरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- विराट कोहलिको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटबाट बाहिरिएको छ । मंगलबार राती हुने भनिएको राजस्थान रोयल्ससँगको खेल रद्द भएपछि बेंगलोर प्रतियोगिताबाट बाहिरिएको हो ।

बेंगलोरको घरेलु मैदान एम चिन्नास्वामी क्रिकेट स्टेडियममा वर्षाले प्रभावित पारेपछि खेल नतिजाविहीन भएको थियो । वर्षाको कारण ५ ओभरमा घटाईएको खेलमा बेंगलोरले दिएको ६३ रनको लक्ष्यसहित पछ्याएको राजस्थानले जवाफी ब्याटिङ गर्दा पुनः बर्षाले प्रभावित पारे पछि खेल रद्द भएको थियो । 

लक्ष्य पछ्याउने क्रममा राजस्थानले ३.२ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको अवस्थानमा बर्षले पुनः प्रभावित पारेको थियो । राजस्थानका सन्जु सामसनले २८ तथा लियाम लिभिङस्टोन ११ रन जोडेका थिए ।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोर ५ ओभरमा ७ विकेट गुमाएर ६२ रन जोडेको थियो । बेंगलोरका लागि कप्तान विराट कोहलीले २५ तथा एबी डी भिलियर्सले १० रन जोडे । 

बेंगलोरविरुद्ध राजस्थानका श्रेयस गोपालले ह्याट्रिक विकेट लिए । त्यस्तै ओशाने थोमसले २ विकेट लिए । यस खेल रद्दसँगै बेंगलोर प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।