एजेन्सी- विराट कोहलिको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटबाट बाहिरिएको छ । मंगलबार राती हुने भनिएको राजस्थान रोयल्ससँगको खेल रद्द भएपछि बेंगलोर प्रतियोगिताबाट बाहिरिएको हो ।
बेंगलोरको घरेलु मैदान एम चिन्नास्वामी क्रिकेट स्टेडियममा वर्षाले प्रभावित पारेपछि खेल नतिजाविहीन भएको थियो । वर्षाको कारण ५ ओभरमा घटाईएको खेलमा बेंगलोरले दिएको ६३ रनको लक्ष्यसहित पछ्याएको राजस्थानले जवाफी ब्याटिङ गर्दा पुनः बर्षाले प्रभावित पारे पछि खेल रद्द भएको थियो ।
लक्ष्य पछ्याउने क्रममा राजस्थानले ३.२ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको अवस्थानमा बर्षले पुनः प्रभावित पारेको थियो । राजस्थानका सन्जु सामसनले २८ तथा लियाम लिभिङस्टोन ११ रन जोडेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोर ५ ओभरमा ७ विकेट गुमाएर ६२ रन जोडेको थियो । बेंगलोरका लागि कप्तान विराट कोहलीले २५ तथा एबी डी भिलियर्सले १० रन जोडे ।
बेंगलोरविरुद्ध राजस्थानका श्रेयस गोपालले ह्याट्रिक विकेट लिए । त्यस्तै ओशाने थोमसले २ विकेट लिए । यस खेल रद्दसँगै बेंगलोर प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४