बिहीबार, साउन २१, २०८३

एएफसी यू-१९ छनोटमा नेपाल जित विहिन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जित विहिन भएको छ । छनोट चरणका तीन खेल खेलेको नेपालले तीनवटै खेलमा जित निकाल्न नसक्दा नेपाल जित विहिन भएको हो ।
 
मंगलबार भएको अन्तिम खेलमा नेपालले म्यानमारसँग सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको थियो । पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा दुई गोल खादै छनोटमा जित विहिन भयो । 

खेलको ३९ औं मिनेटमा मनिषा राउतले पेनाल्टीमा गोल गर्दै नेपालले सुरुवाती अग्रता लिएको थियो । प्रिती राईलाई म्यानमारका खेलाडीले लडाएपछि नेपालले पाएको पेनाल्टीमा मनिषले गोल गरेकी थिइन् । 

तर, खेलको ४७ औं मिनेटमा म्यानमारले गोल गर्दै खेल बरारबरीमा ल्याए । त्यसपछि म्यानमारले पुन थप एक गोल गरेपछि नेपाल २-१ गेल अन्तरले पराजति भएको हो । 

छनोटको पहिलो खेलमा अष्ट्रेलियासँग ११-१ को फराकिलो अन्तले पराजित भएको नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग ४-० गोल अन्तरले पराजित भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।