मंगलबार, चैत ३, २०८२

श्रीलङ्का आक्रमणमा ४२ विदेशी मारिएको पुष्टि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
कोलोम्बो – श्रीलङ्कामा गत अप्रिल २१ मा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमााएका २५३ जना मध्ये ४२ जना विदेशी नागरिक रहेको अधिकारीहरुले मङ्गलबार पुष्टि गरेका छन्। 
 
अझै पनि १२ विदेशी नागारिक वेपत्ता रहेका  विदेशी मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्। तीन ओटा चर्च र तीन ओटा होटलमा भएका आत्मघाती आक्रमणमा परि घाइते भएका पाँच जना विदेशी नागरिक अझै पनि उचारार्थ अस्पतालमा भर्ना भएका बताइएको छ।

श्रीलङ्काको विदेश मन्त्रलयद्वारा जारी विज्ञप्ति अनुसार यस आक्रमणहरुमा मारिएका सब भन्दा बढी विदेशी नागरिक भारतका रहेका छन्। भारतका १२ जना नागरिक रहेका छन्। त्यसपछि क्रमशः बेलायतका छ जना, चीनका चार जना र डेनमार्कका तीन जना रहेका छन्। 

त्यसगरी साउदी अरेबिया, स्पेन र टर्कीका दुई–दुई जनाले ज्यान गुमाएका थिगए। बङ्गलादेश, जापान, नेदरल्याण्ड, पोर्चुगल स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका एक–एक नागरिकको आक्रमणमा परी मृत्यु भएको छ।  

 यसअघि प्राप्त समाचारमा श्रीलङ्कामा भएको यस आक्रमणमा परी ४० विदेश नागरिक मारिएका उल्लेख गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।