शनिबार, चैत २८, २०८२

मनाङ हारेर पनि दबाबमा छैन : प्रशिक्षक छिरिङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एएफसी कप अन्तर्गत मेनर्भा पन्जावसँग बुधबार हुने खेलका लागि मौसम समस्या हुने मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक छिरिङ लोप्सांगले बताएका छन् । आफु सुखद जलवायुमा बसेकाले उक्त मौसममा तालमेल मिल्न गाह्रो हुने प्रशिक्षक छिरिङले बताएका हुन् । 

मंगलबार भएको पत्रकार सम्मलेनमा बोल्दै प्रशिक्षक छिरिङले मेनर्भासँगको खेलमा मौसम समस्य भएको बताएका हुन् । ‘हामी सुरुवाती दुई खेल गुमाई सकेका छौ । तर, हाम्रो टिममा कुनै दबाब छैन् । यदी सुरुवाती दुई खेल हाम्रो पक्षयमा भएको भए । बुधबारको खेलमा हामीलाई दाबब हुने थियो ।’ 

प्रशिक्षक छिरिङले भने, ‘मैले एएफसी कप भन्दा पहिला देखी नै क्लबलाई सम्हाल्दै आएको छु । जहाँ ए डिभिजन लिग देखी क्लबलाई बुझ्दै आएको छु ।’ उनले थपे, ‘मैले हाल टिममा केही परिवर्तन गरेको छु र मलाई लाग्छ हामी पहिले भन्दा अहिले बढी सक्षम छौ ।’ 

कप्तान विराज महर्जनले भारतीय फुटबलसँग राम्रोसँग परिचित भएको बताएका छन् । उनले फुटबल एक टिम गेम र भारतीय खेलाडीसँग नजिकका कारण बुधबारको खेलमा केही सहज हुने बताए । 

यता मेनर्भाका प्रशिक्षकले बुधबारको खेल जित्नै पर्ने बताएका छन् । उनले यदी मेनर्भालाई प्रतियोगितामा अगाडी बढ्नु पर्ने भए मनाङसँगको खेल जित्नै पर्ने दबाब रहेको बताएका छन् । यसका लागि फ्नो टिमलाई मौसम फाइदा जनक भएको बताएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।