शुक्रबार, जेठ १, २०८३

जापानी राजाद्वारा गद्दीत्याग, ‘हेइसी’ युगको अन्त्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
जापान – जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्यागेका छन्। यसको साथै हाल जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा गरिएको छ। 

तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्यागसँगै अन्त्य भएको छ। विश्वमा  नै पूरानो राजतन्त्रको रुपमा रहेको जापानको यस राजतन्त्रमा यस प्रकार गद्दी त्याग गरिएको यो २ सय वर्ष यताको नै पहिलो घटना हो। 
गद्दीत्याग गर्ने क्रम जापानी राजा आकिहितोले जापान र विश्वका सवै जनताको शान्ति र खुशीको कामना गरेका छन्। 

मे  १ अर्थात भोलीबाट जापानका युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्ने छन्। मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात हुदैछ। योसँगै जापानमा नयाँ युगको नाम ‘रेईवा’ शुरु हुने भएको छ। जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ।  

पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएका थिए। तर, उनले मंगलबारबाट बैधानिक रुपमा गद्दी त्याग गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।