बिहीबार, साउन २१, २०८३

केएनपी महिला भलिबलको उपाधि एपिएफलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

फाइल तस्बिर
काठमाडौं- पाँचौ संस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागिय टोली एपिएफले उचालेको छ । मंगलबार भएको फाइनलखेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । 

पहिलो सेटमा एपिएफसँग २५-१४ ले पराजित भएको आर्मी दोस्रो सेटमा २५-९ ले पराजित भएको थियो । त्यस्तै तेस्रो सेटमा २५-१५ ले पराजित हुँदै आर्मीले उपाधि जित्ने मौका गुमायो । यससँगै एपिएफले बर्षको सुरुवातमा नै दुई उपाधि जितेको छ । 

उपाधिसँगै एपीएफले २ लाख नगद प्राप्त गर्यो । उपविजेता बनेको आर्मीले १ लाखमा प्रप्त गर्यो । तेस्रो भएको न्यू डायमण्डले ५० हजार प्रप्त गर्यो । न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।