काठमाडौं- साफ यु-१८ पुरुष फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । काठमाडौंमा मंगलबार बसेको दक्षिण एसियाली फुटबल महासंघको साधारण सभाले साफ यु-१८ पुरुष फुटबल प्रतियोगिता नेपालमा गर्न सहमत भएका हुन् ।
प्रतियोगिता सन् २०१९ को सेप्टेम्बर २० देखी २९ सम्म काठमाडौंमा हुनेछ । बैठकले यस बर्ष उमेर समुहका तीन प्रतियोगिता आयोनजा गर्ने निर्णय गरेको छ । पुरुषको साफ यु-१५ च्याम्पियनसिप भारतमा आयोजना हुने छ ।
उक्त यू-१५ अगष्ट २२ देखि ३१ सम्म भानरतमा चल्ने छ । त्यस्तै साफ यु-१५ महिला च्याम्पियनसिप आयोजनाको जिम्मेवारी भुटान वा बंगलादेश मध्य एक देशले पाउने छन् । महिला प्रतियोगिता अक्टोबर ९ देखि १८ सम्म सञ्चालन गरिने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४