शनिबार, चैत २८, २०८२

एनसिएल महिला टी-२० क्रिकेटको मिति सर्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एनसिएल महिला टी-२० क्रिकेटको मिती पुन सारिएको छ । यसअघि आगामी जेस्ठ ६ देखी १३ गते सम्म संचालन हुने तय भएको महिला क्रिकेको मिती जेस्ठ २४ देखी ३० सम्मका लागि सारिएको छ । 

यसअघि एनसिएल स्पोर्ट्स प्रालिले किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्ने तय गरेको थियो । तर सोहि मिति र स्थानमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने प्रधानमन्त्री कप क्रिकेटको मितिसँग जुधेपछी महिला क्रिकेटको मिति सारिएको हो ।  

पिएम कपसँग मिति जुधेपछि ‘परिषद्’ले नै महिला क्रिकेट लिगको नयाँ मिति तोक्न सुचना पठाएकाले प्रतियोगिताको नयाँ मिति तोकिएको आयोजकले प्रेसरिलिजमा जनाएको छ ।  

प्रतियोगिताका लागि टिम र मार्की प्लेयरको घोषणा सहित प्लेयर्सको अक्सन समेत गरेर तयारी पुरा भैसकेको थियो । प्रतियोगितामा अक्सन मार्फत हरेक टिमले १३-१३ जना खेलाडिहरु आफ्नो टिमका अनुबन्ध गरेको छ । 

क्रिकेट लिगमा ४ सहरका ४ फ्रेन्चाइज्ड टोलीकोहरुको सहभागिता रहनेछ । सहभागी टोलीमा विराटनगर रोअरिङ्ग लायोनेस, भैरहवा क्विन्स, धनगढी वन्डर वोमेन र काठमाडौं सुपर च्याम्पियन्स रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।