बिहीबार, साउन २१, २०८३

सिजनको दोस्रो लक्ष्य सुरु भयो : मेस्सी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अर्जेन्टिनी तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जारी सिजनको अर्को लक्ष्य सुरु भएको बताएका छन् । उनले सिजनको उपहिलो उपाधिका रुपमा स्पेनिस ला लिगाको उपाधि उचालेसँगै अब अर्को लक्ष्य सुरु भएको बताएका हुन् । 

उनले ला लिगाको उपाधि पछि खेलाडीमा केही सहजता र दबाब कम भएको महसुस गरेको समेत बताएका छन् । ‘हामी यो सिजन सानदार बनाउन चाहन्छौ । हाम्रो एउटा लक्ष्य पुरा भयो । अब अर्को लक्ष्यका लागि दौडमा छौ ।’ 

कप्तान मेस्सीले भने, ‘घरेलु मैदानमा घरेलु समर्थकका साथ सिजनको पहिलो उपाधि उचाल्यौ । अब दोस्रो उपाधिका लागि उपाधिको महत्वपूर्ण क्षणमा घरेलु मैदानबाटै सुरुवात गर्दै छौ ।’ 

बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेग बुधबार राती आफ्नो घरेलु मैदानमा इंग्लिस क्लब लिभरपुलसँग खेल्दै छ । ‘पहिलो उपाधि जितेपछि खेलाडीमा केही दबाब कम भएको महसुस भएको छ । जसले गर्दा दोस्रो लक्ष्य प्राप्तिमा सहन हुने देखिन्छ ।’ 

मेस्सीले भने, ‘अहिले हामी पूर्ण रुपमा च्याम्पियन्स लिगका लागि केन्द्रित छौ । जहाँ एक रोमाञ्चक खेल हुन गहिरहेको छ ।’ मेस्सीले लिभरपुल एक बलियो टोली भएकाले आफुहरु सचेत रहेको समेत बताएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।