बिहीबार, साउन २१, २०८३

पन्जाब हैदरावादसँग पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी-इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाब सनराईजर्स हैदरावादसँग पराजित भएको छ । सोमबार भएको खेलमा पन्जाब हैदरावादसँग ४५ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

हैदरावादले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि लोकेश राहुलले ७९ रनको अर्धशतकीय पारी खेलेपनि टोलीको जितका लागि प्रयाप्त भएन । उनले ५६ बलको सामना गर्दै ४ चौका र ५ छक्का प्रहार गरे । 

मायांक अग्रवालले १८ बलमा दुई चौका र एक छक्कको मद्दतमा २७ रन जोडे । त्यस्तै निकोलस पुरनले २१ , सिम्रन सिंह १६ तथा डेभिड मिल्लरले ११ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । हैदरावादका लागि खलील अहमद र राशिद खानले समान तीन तीन विकेट लिँदा सन्दीप शर्माले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभर खेल्दै ६ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले ८१ रनको अर्धशतकीय पारी खेले । उनले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ८१ रन जोडेका हुन् ।

२५ बल खेलेका मनिस पाण्डेले ३ चौका र एक छक्का प्रहार गर्दै ३६ रन जोडे । त्यस्तै रिद्दिमान शाहले २८, मोहमद नाभीले २० र केन विलियन्सले १४ रन जोडे । पन्जाबका मोहमद सामी र रविचन्द्र आश्विनले दुई दुई विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।