बिहीबार, वैशाख १३, २०८१

भारतमा चौथो चरणको मतदान : बलिउड कलाकारको बाक्लो उपस्थिति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
नयाँदिल्ली – भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार सम्पन्‍न भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानमा सोमबारबाट मतदान भएको हो।

निर्वाचन आयोगका अनुसार चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेकाछन् भने उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसला गर्ने छन्। निर्वाचनमा चर्चित बलिउड कलाकारहरुले मतदान गरेका छन्।  भारतका धनाढ्य व्यक्ति मुकेश अम्बानी र अनिल अम्बानीले मतदान केन्द्र पुगी मतदान गरेका छन्। 

बलिउडका ‘सुपर स्टार’ अमितताभ बच्चनका सम्पूर्ण परिवार, चर्चित बलिउड अभिनेता राकेश रोषणका सम्पूर्ण परिवार,  अमिर खान, सलमान खान, अजय देवगण, रणबीर सिंहलगायत कैयौ चर्चित कलाकारको मतदान केन्द्रमा उपस्थिति रहेको थियो। 

चर्चित अभिनेत्री रेखा, हेमा मालिनी, माधुरी दिक्षित, काजोल, करिणा कपूर, प्रियंका चोपडालगायत कैयौ अभिनेत्रीलगाएत थुप्रै अभिनेत्रीहरुको पनि मतदान केन्द्रमा उपस्थिति रहेको थियो।

भारतीय प्रख्यात क्रिकेटर सचिन तेन्दुलकरले पनि आफ्ना सम्पूर्ण परिवारसहित मतदान केन्द्र पुगी मतदान गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई ट्वीटरमार्फत मतदानमा सक्रिय सहभागी हुन आह्वान गरेका छन्। 

बिहान सात बजेबाट नै १० हजार मतदान केन्द्रलाई खुल्ला गरिए तापनि शो समयमा नै लामो लाइन भएको समाचारमा जनाइएको छ।

बलिउड कलकारको मतदान केन्द्रमा बाक्लो उपस्थिति रहेको पनि सर्वसाधारणको भने मतदान केन्द्रमा  कम मात्र उपस्थिति रहेका समाचारमा जनाइएको छ। 

आम निर्वाचनमा आम जनताको उपस्थिति नै निर्वाचनलाई सफलताको रुपमा लिन सकिन्छ। सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।