शनिबार, चैत २८, २०८२

'सन्दिपको टिम' दिल्ली प्ले-अफ्मा छनोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली खेलाडी सन्दिप छामिछाने खेल्दै आएको टिम दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले-अफ्मा छनोट भएको छ ।

आइतबार राति दिल्लीमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंङ्लोरलाई हराउँदै दिल्ली प्ले–अफ्मा छनोट भएको हो । प्ले–अफ्मा छनोट हुने क्रममा दिल्लीले बैंङ्लोरलाई १६ रनले हरायो ।

खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले श्रेयर ऐयरको ५२ रन तथा शिखर धवनको ५० रनको मद्दतले १ सय ८७ रन बनायो । जवाफमा १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंङ्लोर १ सय ७१ रनमै समेटियो । यो खेलमा दिल्लीका नेपाली बलर सन्दिप लामिछानेले ३ ओभर बलिङ गरेर ३६ रन दिए पनि विकेट लिन भने सकेनन् ।

जितसँगै दिल्ली १२ खेलबाट १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली ६ वर्षपछि आईपीएल क्रिकेटको प्ले अफ्मा छनोट भएको हो ।

आईपीएलकै अर्को खेलमा मुम्बई इन्डियन्सलाई ३४ रनले हराउँदै कोलकाता नाइट राईडर्सले पनि प्ले–अफ्मा पुग्ने सम्भावना जिवित राखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।