बिहीबार, साउन २१, २०८३

मेसीको गोलमा ३ खेल अगावै बार्सा च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- तीन खेल अगावै स्पेनिस लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको खेलमा लेभान्तेलाई १–० ले हराउँदै बार्सिलोनाले उपाधि हात पारेको हो ।
 
बार्सालाई लिग उपाधि दिलाउन कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे । दोस्रो हाफमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका मेस्सीले ६२ औं मिनेटमा निर्णायक गोल गरेपछि लेभान्टेलाई १–० ले पराजित गर्दै बार्सिलोना यस सिजनको लालिगा च्याम्पियन बनेको हो ।

योसँगै बार्सिलोनाले २६औं पटक लालिगाको उपाधि उचालेको छ। मेस्सी भने बार्सिलोना १० औं पटक ला लिगाको उपाधि उचाल्ने पहिलो खेलाडी बने । शनिबार रातिको खेलपछि स्पेनिस लिग फुटबलको अंक तालिकामा बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोडेको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ७४ अंक छ भने ६५ अंकको साथ रियाल मड्रिड तेस्रो स्थानमा छ ।

लिग उपाधिसँगै बार्सिलोनाले सिजनमा तीन उपाधि जित्ने सम्भावना बलियो पारेको छ । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ भने कोपा डेल रे फुटबलको फाइनलमा पुगेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।