बिहीबार, साउन २१, २०८३

राजस्थान प्ले अफमा छनोट हुने सम्भावना कायमै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा पाँचौं जित निकाल्दै प्ले अफका लागि छनोट हुने सम्भावना कायमै राखेको छ । 

शनिबार राति भएको खेलमा सनराइज हैदरावादलाई ७ विकेटले हराउँदै उसले आफ्नो सम्भावना जीवितै राखेको हो । यो जीतसँगै राजस्थान १० अंकसहित छैटौं स्थानमा उक्लिएको छ । 

पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटमा १ सय ६० रन बनाएको थियो । जवाफमा राजस्थानले ५ बल बाँकी छँदा ३ विकेटमा १ सय ६१ रन बनायो ।

विजयी टिमका लागि सन्जु सामसनले ४८ रन बनाएर नटआउट रहे । खेलको म्यान अफ द म्याच भने राजस्थानका बलर जयदेव रहे । उनले २६ रनमा दुई विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।