बिहीबार, कात्तिक ६, २०८२

पिएसजी सिजनको दोस्रो उपाधिका लागि भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
Kumaribank
Metro Mart
एजेन्सी- फ्रेन्स लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जारी सिजनको दोस्रो उपाधिका लागि आज (शनिबार) राती रेनेससँग भिड्दै छ । खेल नेपाली समय अनुसार रेनेसको घरेलु मैदान स्टेड डी फ्रान्समा राती १२:४५ बजे सुरु हुने छ । 

पाँच खेल अगावै लिग वानको उपाधि जिती सकेको पिएसजी सिजनको दोस्रो उपाधिका लागि फ्रेन्च कपको फाइनलमा भिड्न लागेको हो । सोमबार मोनाकोलाई ३-१ ले पराजि गर्दै पिएसजीले लिग वानको उपाधि पाँच खेल अगावै जितेको थियो । 

घरेलु मैदानमा मोनाकोलाई पराजित गर्न युवा स्टार खेलाडी केलिएन एमबाप्पेले ह्याट्रिक पुरा गरेका थिए । उक्त खेलमा लामो समय चोटका कारण मैदान बाहिर रहेका ब्राजिलियन स्टार खेलाडी नेयमार मैदान फर्किएका थिए । 

आजको खेलमा नेयमार र एमबाप्पे पिएसजीका लागि मुख्य हतियार हुने छन् । नेयमार र एमबाप्पेले पिएसजीको अग्रपंक्ती सम्हाल्दै सिजनको दोस्रो उपाधि जिताउने प्रयास गर्ने छन् । 

तर, यता पिएसजीलाई रोक्दै सिजनको पहिलो उपाधि उचाल्ने दाउँमा रेनेस हुने छ । रेनेसले फ्रेन्च कपको उपाधि दुई पटक जित्दा चार पटक फाइनलमा पराजित भएको छ । यता पिएसजीले भने फ्रेन्च कपको उपाधि १२ पटक जितेको छ । पछिल्ला पाँच सिजन पिएसजीले लगातार उपाधिमाथी कब्जा गरेको छ । जुन पिएसजीको दबदबालाई रेनेस तोड्न चाहन्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।