शनिबार, चैत २८, २०८२

नेपाल फाइनलमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपाल हङकङलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । शनिबार भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 

हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २१.४ ओभरमा ६ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको हो । नेपालको जितका लागि आशिष भट्टराईले १७ रन बनाए । 

त्यस्तै रोहन दुदराज बिकले १४, कृष्ण कार्कीले १२, दिपक बोहोराले ११ र सुवाष अएरले १० रन बनाए । हङकङका ब्रिज नरेन सिवपुरीले ३ तथा आहान खान्हाई त्रिबेदीले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३२.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८६ रनमा बनाएको थियो । हङकङका लागि आरुश भगतले सर्वाधिक ४३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले नेपाली बलर सामु खुलेर रन बटुल्न सकेनन् । 

हङकङलाई सस्तैमा समेट्न नेपालका लागि निखिल कुमार सिंहले ४ तथा विशाल कुमार पटेल र रमेश कुर्मीले समान दुई खुई र तिलक राज भण्डारीले १ विकेट लिए । साविकको विजेता समेत रहेको नेपालले अब उपाधिका लागि मलेसियासँग आइतबार खेल्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।