बिहीबार, साउन २१, २०८३

उपाधि जित्न बार्सिलोना तयार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस महारथी क्लब बार्सिलोना जारी सिजनको पहिलो उपाधि जित्न आतुर रहेको छ । बार्सिलोनाले आज (शनिबार) हुने लेभान्टेविरुद्वको खेल जिते तीन खेल अगावै लिगको उपाधि जित्ने छ । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा नेपाली सयम अनुसार राती १२:३० बजे सुरु हुने छ । 

त्यसैले आजको खेलमा बार्सिलोनाले आफ्ना पहिलो रोजाइका खलाडी उतार्ने भएको छ । बुधबार राति लिभरपुलसँग च्याम्पियन्स लिग अन्तर्गत सेमिफाईनलको पहिलो लेग खेल्ने भएपनि लेभान्टेविरुद्धको खेलमा पहिलो रोजाइका खेलाडीलाई विश्राम नदिने प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले बताएका छन् । 

ला लिगामा आजै हुने अर्को खेलमा एट्लेटिको मड्रिडले रियल भालाडोलिडसँग खेल्दै छ । खेल नेपाली समय अनुसार राती ८ बजे सुरु हुनेछ । यस खेलमा एट्लेटिकोले जित निकाल्न नसकेमा बार्सिलोना सिधै च्याम्पियन बन्ने छ । तर, एट्लेटिकोले खेल जिते बार्सिलोनाले लेभान्टेविरद्धको खेल जित्नै पर्ने छ । बार्सीलोनाले यस सिजनको ला लिगा उपाधि जिते यो लगातार पाँचौ पटक च्याम्पियन हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।