आइतबार, चैत २९, २०८२

नेयमारलाई तीन खेल प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का फर्वाडर नेयमारलाई तीन खेलको प्रतिबन्ध लगाइएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले नेयमाारलाई तीन खेलको प्रतिबन्ध लगाएको हो ।

च्यम्पियन्स लिग अन्तर्गत प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित हुँदा रेफ्रिको निर्णय प्रति गरेको आपत्तिजनक प्रतिक्रियाका कारण नेयमारलाई तीन खेलको प्रतिबन्ध लगाएको हो । 

उक्त खेलमा पिएसजी युनाइटेडसँग ३–१ ले पराजित हुँदै च्याम्पियनस लिगबाट बाहिरीएको थियो । तीन खेल प्रतिबन्ध भएसँगै अब नेयमारले च्यम्पियनस लिगका आगामी सिजनका सुरुवाती तीन खेल गुमाउने भएका छन् ।  

उक्त खेलमा नेयमार भने उपस्थित थिएनन् । उनी चोटका कारण मैदान बाहिर रहेका थिए । लामो समय मैदान बाहिर रहेका नेयमार गत साता मोनाकोविरुद्धको खेलमा मैदान फर्किएका थिए । 

नेयमारले जारी सिजनमा पिएसजीका लागि फ्रेन्स लिग वानका १४ खेल मात्र खेलेका छन् । उनले लिग वानका १४ खेलमा १३ गोल गरेका छन् । सबै खाले २४ खेल खेलेका नेयमारले २० गोल गरेका छन् । गत सिजन उनले सबै खाले ३० खेलमा २८ गोल गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।