शनिबार, चैत २८, २०८२

लिभरपुल लिगको शीर्ष स्थानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा हुडर्सफिल्डलाई गर्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो । 

घरेलु मैदान एनफिल्डमा लिभरपुलले हुडर्सफिल्डलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । घेलु टोलीको जितका लागि मोहमद सलाहा र साडियो मानेले दुई दुई तथा नाबी केइटाले एक एक गोल गरे । 

खेल सुरु भएको एक मिनेट नबित्दै लिभरपुलले पाहुना टोलीविरुद्ध सुरुवाती अग्रता लिएको थियो । खेलको एक मिनेटमा नै नाबी केइटाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । 

त्यस्तै २३ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । त्यसपछि हिलो हाफमो इन्जुरी समयमा मोहमद सलाहाले गोल गर्दै घरेलु टोलीको अग्रता तेब्बर पारे । पहिलो हाफमा ३-० ले अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्यो । 

खेलको ६६ औैं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ४-० को अग्रता दिलाए । ८३ औं मिनेटमा सलाहाले गोल गर्दै लिभरपुललाई ५-० को महत्वपूर्ण जित दिलाए । 

यसजितसँगै लिभरपुलले ३६ खेलबाट ९१ अंक जोड्दै म्यानचेष्टर सिटीसँग दुई अंकको अग्रता लिएको छ । एक खेल कम खेलेको सिटीको ८९ अंक छ । अब लिभरपुलले दुई तथा सिटीले तीन खेल खेल्न बाँकी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।