शनिबार, चैत २८, २०८२

धोनि बिनाको चेन्नई मुम्बईसँग पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आफ्नो नियमीत कप्तान महेन्द्र सिंह धोनीबिना मैदान उत्रिएको चेन्नई सुपर किङ्गस मुम्बई इण्डियन्ससँग पराजित भएको छ । शुक्रबार राती भएको खेलमा चेन्नई मुम्बईसँग ४६ रनले पराजित भएको हो ।

चेन्नईका घरेलु मैदान एम चिदामबराम क्रिकेट स्टेडियममा भएको खेलमा मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमा सबै विकेट गुमाउँदै माात्र १ सय ९ रन बनाउन सक्यो । चेन्नइका लागि विजय मुरालीले सर्वाधिक ३८ रन जोडे । उनले ३५ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ३ड रन जोडेका थिए । 

त्यस्तै मिचेल स्टाननरले २२ र ड्वाने ब्राभोले २० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले मुम्बईका बलर सामु खुलेर ब्याटिङ गर्न सकेनन् । चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका लाथिस मलिंगाले ४, कुर्नाल पाण्डया र जस्प्रित बुम्राहले समान दुई दुई विकेट लिए ।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर ४ विकेट गुमाएर १ सय ५५ रन जोडेको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६७ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले ४८ बबल खेल्दै ६ चौका र ३ छक्काको मद्दतमा ६७ रनको अर्धसतकीय पारी खेलेका हुन । 

त्यस्तै इभिन लेविसले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्द ३२ जोडे । २३ बल खेलेका हार्दिक पाण्डयाले १ चौका रु १ छक्का प्रहार गर्दै २३ रनमा अविजित रहे । क्विनटन डी ककले १५ तथा केइरन पोलार्डले १३ रन जोडेका थिए । चेन्नईका मिचेल स्टाननरले २ तथा दिपक चाहर र इमरान ताहिरले १-१ विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।