बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई निर्वाणा वेलनेसको प्रायोजन

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई निर्वाणा वेलनेसको प्रायोजन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई निर्वाणा वेलनेस सेन्टरले प्रयोजन गरेको छ ।  नेपाली क्रिकेट टोलीलाई निर्वाणा वेलनेस सेन्टरले दुई बर्षका लागि प्रायोजन गरेको हो । 

शुक्रबार निर्वाणा वेलनेस सेन्टर परिसरमा एक कार्यक्रमको आयोजना गर्दै निर्वाणा वेलनेस सेन्टरका सञ्चालन प्रमुख राजनशाही र नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

उक्त समझदारी पत्र अनुसार निर्वाणा वेलनेस सेन्टर आगामि दुईबर्ष सम्मका लागि नेपाली क्रिकेट टिमको आधिकारिक फिटनेश सेन्टरको रुपमा सेवा प्रदानगर्नेछ । फिटनेसका लागि एकै पटकमा ६० जनाले सेवालिन सक्ने क्षमता भएको उक्त निर्वाणा वेलनेश सेन्टरले चिकित्साजाँच तथा परामर्श सहित शारिरिक सुगठन तालिमको विषेश किसिमको सेवा प्रदानगर्दै आईरहेको छ । 

नेपाली क्रिकेट टिमका सदस्यहरु यस समझदारीबाट आफ्नो नियमित शारिरिक अभ्यास तथा सुगठनमा सहयोग पुग्ने विश्वासका लिएको निर्वाणा वेलनेस सेन्टरका सञ्चालन प्रमुख राजनशाहीले बताए । 

कार्यक्रममा फिटनेश तथा पर्सनल ट्रेनिङ्ग डाईरेक्टर मिलन बिक्रम सिजापति तथा नेपाली क्रिकेट टिमका मेनेजर रमन सिवाकोटी समेतको उपस्थित रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।