आइतबार, चैत २९, २०८२

नेपालको खराब सुरुवात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले खराब सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा अष्ट्रेललियासँग ११-१ गोलको फराकिलो अन्तरले पराजति हुँदै नेपालले प्रतियोगितामा खराब सुरुवात गरेको हो । 

म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा शुक्रबार भएको खेलको पहिलो हाफमा नेपाल ६-१  गोल अन्तरले पछि परेका थियो । सुरुवाती ४५ मिनेट भित्र ६-० गोल अन्तरले पछि परेको नेपालले लागि पहिलो हाफको इन्जुरी समयमा एक गोल फर्काएको थियो । 

नेपालका लागि पहिलो हाफमा इन्जुरी समयमा मन्जली कुमारी योञ्जनले एक गोल फर्काएकी हुन् । त्यसपछि दोस्रो हाफमा थप ५ गोल खाँदै नेपाल ११-१ गोल अन्तरले पराजति भएको हो । 

अब नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा आयोजक म्यानमारसँग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।