एजेन्सी- पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालीयन सिरी ए क्लब युभेन्टस पुगेपछि अर्जेन्टिनी फर्वाडर पाउलो डिबालाको उपस्थितीमा धक्का पुगेको बताएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमसँग बोल्दै पूर्व खेलाडी मार्को टार्डेलीले रोनाल्डोले गर्दा डिबालाको उपस्थितीमा धक्का पुगेको बताएका ह्नु ।
‘रोनाल्डोको उपस्थितीले डिबालाको उपस्थितीमा धक्का पुगेको छ । तर, उनको उपस्थितीले क्लबमा कुनै फरक परेको छैन् ।’ मार्को टार्डेलीले भने, ‘युभेन्ट्स पछिल्लो समय लगातार आठौं पटक सिरी ए च्याम्पियन बनेको छ । तर, रोनाल्डो भित्र्याउनुको मुख्य उद्देश्य च्यम्पियन्स लिगको उपाधि जित्नु थियो ।’
युभेन्ट्सले हाल सम्म दुई पटक मात्र च्याम्पियन्स लिगको उपाधि जितेको छ । युभेन्ट्सले १९८४-८५ र १९९५-९६ को सिजनमा मात्र च्यम्पियन्स लिगको उपाधि जितेको छ ।
रोनाल्डोले युभेन्टसका लागि सिरी ए मा १९ गोल गरी २६ गोल गरेका छन् । अन्य खेलाडीले जारी सिजनका लागि उलेख्खे प्रदर्शन गर्न सकेका छैनन् । जसको कारण रोनाल्डोको छाँयामा पर्नु उनको बिष्लेशण छ । जारी सिजनमा डिबालाले सिरी ए का २७ खेल खेल्दा मात्र ५ गोल र ६ असिस्ट गरेका छन् ।
‘रोनाल्डोले यस सिजन युभेन्टसका लागि राम्रो खेले होलान् । तर, उनले जस्तो उपाधिका लागी खेल्नु पर्ने हो त्यस्तो खेलेनन् ।’ मार्को टार्डेलीले भने, ‘च्याम्पियनस लिगमा आयाक्सविरुद्धको खेलमा उनी अझै राम्रो खेल्न सक्थे ।’
उनले थपे, ‘मलाई लाग्छ केही खेलाडीले रोनाल्डोको छायामा परेर आफ्नो सोचे अनुसारको प्रदर्शन दिन सकेनन् । जुन डिबाला तिनीहरु मध्यमा एक हुन् ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४