मंगलबार, असार २३, २०८३

माने र जोटाको गोलमा लिभरपुलको जित

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा लिभरपुलले जित निकालेको छ।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा लिभरपुलले जित निकालेको छ। लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा उसले पाहुना टिम बर्नलीविरुद्ध २–० गोलको जित निकालेको हो।

लिभरपुलको जितका लागि डियागो जोटा र साडियो मानेले एकएक गोलको योगदान गरे। खेलको १७औं मिनेटमै सिमिकासले दिएको पासको सदुपयोग गर्दै जोटाले गोल गरेका थिए। यससँगै लिभरपुलले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो।

यता दोस्रो हाफमा मानेले अर्को गोल थपे। मानेका लागि डिफेन्डर अलेक्जेन्डर अर्नोल्डले पास उपलब्ध गराएका थिए।

यो जितसँगै लिभरपुलले तीन अंक थप गरेको छ। उपाधि दावेदारको रुपमा रहेको लिभरपुलले पहिलो खेलमा नविर्च सिटीलाई हराएको थियो।

यो जितसँगै उसले लिगमा ६ अंक बनाएर शीर्षस्थानमा छ। यता बर्नली भने दुवै खेलमा पराजित भएको छ।

प्रकाशित: Aug 21, 2021| 20:10 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।