आइतबार, साउन १७, २०८३

२४ घण्टामा २ हजार ७५ जनामा कोरोना सङ्क्रमण, ३० जनाको मृत्यु

नेपालमा थप २ हजार ७५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

काठमाडौं- नेपालमा थप २ हजार ७५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टा अवधिमा ३० जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ८ लाख २५ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,४८५ पुगेको छ।

शनिबार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १३ हजार ७५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ५,३७२ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

प्रकाशित: Aug 21, 2021| 18:26 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्