शनिबार, चैत २८, २०८२

पुरुष फुटबलमा आर्मी च्याम्पियन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
नेपालगन्ज– आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली आर्मी च्याम्पियन बनेको छ। बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो।

आर्मीको जितमा बिकास तामाङले खेलको एकमात्र निर्णायक गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा बिकासले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले कप्तान भरत खवासको कर्नर प्रहारमा उत्कृष्ट हेडर गोल गरेका हुन्। त्यसपछि दोस्रो हाफमा दुबै टोलीबाट कुनै गोल हुन नसक्दा आर्मी १-० ले विजयी भएको हो। खेलको इन्जुरी समयमा कप्तान भरतको पासमा नवयुग श्रेष्ठले गरेको प्रहार पोलमा लागेर फर्किएको थियो।

यस अघि ११ औं मिनेटमा पुलिसका रभी पासवानले डि-बक्सको नजिकैबाट गरेको प्रहारलाई आर्मीका गोलरक्षक बिकेश कुथुले सहजै बचाउ गरेका थिए। त्यस्तै १२ औं मिनेटमा सुमन लामाले गरेको प्रहार गोलपोष्ट माथिबाट बहिरियो। २५ औं मिनेटमा दीप लामाको पासमा कप्तान भरत खवासको हेडर आकासियो।

३७ औं मिनेटमा कप्तान भरतले पोष्ट अजिकैबाट गरेको प्रहारलाई पुलिसका गोलरक्षक सत्रुधन चौधरीले सहजै बचाउँदा सुरुवाती अग्रता लिनबाट आर्मी चुकेका थियो। ५४ औं मिनेटमा सन्तोष तमाङको कर्नर प्रहारामा बिकास तमाङको हेडर प्रहार क्रसबार माथिबाट बाहिरीयो। ६१ औं मिनेटमा निरकुमार राईको पासमा सुमन लामाले बललाई अगाडि बढाउन खोज्दा दुबोमा चिप्लेर अनियन्त्रित भएको बललाई आर्मीका गोलरक्षक बिकेसले सहजै बचाएका थिए। ६७ औं मिनेटमा तेज तामाङ्ले दिएको पासमा निरले वन भर्सेस वनमा पोष्ट नजिकैबाट गरेको प्रहार बिकेसले उत्कृष्ट बचाउ गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।