बुधबार, साउन २०, २०८३

आठौंको कमजोरी नवौंले पूरा गर्नेछ : उपराष्ट्रपति पुन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नेपालगन्ज- वृहत आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन भएको छ। बैशाख ५ गतेबाट औपचारिक रुपमा सञ्चालन भएको प्रतियोगिताको उपराष्ट्रपति पुनले बुधबार समापन गरेका हुन्।
 
समापन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले आठौंमा भएका कमिकमजोरी नवौंले पूरा गर्ने बताएका छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्ने भएको छ। गण्डकी प्रदेशले खेलकुदको कुम्भ २०७७ सालको फागुन २० देखि २७ गतेसम्म विभिन्न स्थानमा भव्यताका साथ सम्पन्न गर्नेगरी जिम्मा दिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए।

राखेपले शुक्रबार बोर्ड बैठक बसेर नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने आयोजक प्रदेशको टुंगो लगाएको हो। सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुँदा नै गण्डकी प्रदेशले आयोजना गर्ने दाबी गरेको थियो। तर प्रदेश पाँचले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशलाई दिने सहमति भएको थियो।

उनले आफ्नो प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुद भव्य रुपमा सम्पन्न गरेकोमा आयोजक प्रदेश ५ लाई धन्यवाद दिएका छन्। साथै उनले आठौंमा खेलमा कीर्तिमान बनाउने खेलाडीले आउने खेलहरुमा पनि कीर्तिमानि कायम गर्नेमा आफू विश्वस्त रहेको विश्वास व्यक्त गरे।
 
“नेपालगन्जमा निर्माण भएका भौतिक पुर्वाधारहरुले अबका दिनमा देशकै कोसे ढुङ्गाको रुपमा लिनेछ, यसको संरक्षणमा प्रदेश ५ ले सहयोग पनि गर्नेमा विश्वस्त छु ।” उपराष्ट्रपति पुनले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।