नेपालगन्ज- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा विभागीय टोली नेपाल पुलिस च्याम्पियन बनेको छ । बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
पुलिसले आर्मीलाई ३(१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–१८ ले विजयी भएको पुलिस खेलको दोस्रो सेटमा आर्मीसँग २५(२३ ले गुमाउन पुगेको थियो । त्यस पछि पुन खेलमा फर्किएको पुलिसले लगातार दुई सेट जित्दै च्याम्पियन भएको हो ।
तेस्रो सेटमा आर्मीलाई २५–२० ले पराजित गर्दा चौथो सेटमा २५–१८ ले पराजित गरेको थियो । यस हारसँगै आर्मीले उपविजेतामा चित्त बुझाउनु परेको छ ।
यसअघि तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको छ । एपीएफले गण्डकीलाई ३२ ले पराजित तेस्रो भएको हो । सुरुवाती दुई सेट गण्डकीसँग गुमाएको एपीएफले पुनरागमन जित निकालेको थियो । पराजित गण्डकी प्रदेशले भने सान्त्वना जितमा चित्त बुझाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४