एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहामले संघर्षपूर्ष जित निकोलेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खलमा टोटनहामले ब्रिङ्टोनविरुद्ध १-० गोल अन्तरको संघर्ष पूर्ण जित निकालेको हो ।
टोटनहामको जितका लागि खेलको एकमात्र निर्णायक गोल इरिक्सनले गरेका थिए । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा टोटनहामले एक गोल गरेको हो ।
घरेलु मैदानमा एक गोल गर्न टोटनहामलाई लामै समय कुर्नु पर्यो । खेल सकिन दुई मिनेट मात्र बाँकी रहँदा इरिकसनले गाले गरेका थिए । यस जितसँगै टोटनहाम तेस्रो स्थानमा छ ।
तेस्रो स्थानको टोटेनहमले चौथो स्थानको चेल्सीसँग ३ अंक र पाँचौ स्थानको आर्सनलसँग ५ अंकको अग्रता बनाएको छ । पराजित ब्रिङ्टोन तालिकाको १७ औ स्थानमा रहेको छ । जहाँ रेलिगेशन जोनमा रहेको कार्डिफ सिटी भन्दा तीन अंकले माथि छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४