बुधबार, साउन २०, २०८३

एक खेल जिते बार्सिलोना च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस महारथी क्लब बार्सिलोनाले अब एक खेल जिते यस सिजनको ला लिगा च्याम्पियन हुने छ । मंगरबार राती भएको खेलमा आलाभेसलाई पराजित गरेपछि बार्सिलोनालाई लिग च्याम्पियन बन्न मात्र एक जितको आवस्यक परेको हो । तर, आज (बुधबार) हुने खेलमा एट्लेटिको मड्रिड पराजित भए बार्सिलोना लिग च्याम्पियन हुने निश्चित छ ।

बार्सिलोनाले अलाभेसको घेलु मैदानमा उसैलाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितका लागि कार्लेस एलिना र लुईस स्वारेजले एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुबै गोल भएका थिए । 

खेलको ५४ औं मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता बनायो । बार्सिलोनाका लागि सुरुवाती गोल एरिनाले गरे । त्यसपछि त्यसको ६ मिनेट नबित्दै स्वारेजले गोल गरेपछि बार्सिलोना खेलमा २-० गोल अन्तरले अगाडी बढेको थियो । 

त्यसपछि दुबै टोलीबाट गोल हुन नसक्दा खेल बार्सिलोनाले आफ्नो पक्षमा पार्यो । बार्सिलोनाले ३४ खेलमा ८० अंक जोड्दै दोस्रो स्थानको एट्लेटिकोसँग १२ अंकको अग्रता लिएको छ । एक खेल कम खेलेको एट्लटिकोको ६८ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।