शनिबार, चैत २८, २०८२

हैदरावादलाई पराजित गर्दै चेन्नई शीर्ष स्थानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराईजर्स हैदरावादलाई पराजित गर्दै चेन्नई सुपर किङ्स लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राती भएको खेलमा हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

हैदरावादले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले १९.५ ओभरमा मात्र ४ विकेट गुमाएर पुा गर्यो । चेन्नईका लागि शेन वाट्सनले ९६ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ५३ बलमा ९ चौका र छक्का प्रहार गर्दै ९६ रन जोडेका हुन् ।

त्यस्तै सुरेश रैनाले ३८ रन जोडे । उनले २४ बलको सामना गर्दै ६ चौका र एक छक्का प्रहार गरे । अम्बाती रायडुले २१ र केदार जादवले ११ जोडे । हैदरावादका लागि राशिद खान, भुवनेश्वर कुमार र सन्दीप शर्माले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । हैदरावादका लागि मनिस पाण्डे र डेभिड वार्नरले पारी खेले पनि टोलीको जितका लापग प्रयाप्त भएन् । 

पाण्डेले ४९ बल ७ चौका र ३ छक्का प्रहार गर्दै अविजित ८३ रनको योगदान दिएका थिए । त्यस्तै वार्नरले ५७ रन जोडे । उनले ४५ बलको सामना गर्दै तनि चौका र दुई छक्काको मद्दतमा ५७ रन जोडेका हुन् । विजय शंकरले २० बलमा २ छक्का र एक छक्का प्रहार गर्दै २६ रन जोडेका थिए । चेन्नईका लागि हर्बजन सिंहले २ तथा दिपक चाहरले १ विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।