बुधबार, साउन २०, २०८३

भलिबल : फाइनलमा आर्मी र पुलिस भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

 बाँके- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको फाइनलमा नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ ।

खजुरा शुक्र भलिबल कोर्टमा सम्पन्न पहिलो सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई २५-२३, २५-१३, २०-२५ र २५-२० को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 

पुरुषतर्फको दोस्रो सेमिफाइनलमा आर्मीले एपीएफलाई १८-२५, २५-२२, ३१-३३, २५-२१ र १५-११ को संघर्षपूर्ण जित निकाल्दै फाइनल पुगेको हो ।

त्यस्तै, महिलातर्फको फाइनलमा एपीएफ र प्रदेश तीनले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ । पहिलो सेमिफाइनलमा एपीएफले गण्डकी प्रदेशलाई २५-९, २५-१६ र २५-९ को सेटमा हराउँदा प्रदेश ३ ले पुलिसलाई २५-२३,२५-११ र २५-१८ को सेटमा पराजित गरेको हो ।

महिला पुरुष दुबैको फाइनल खेल बुधबार हुदैछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।