मंगलबार, वैशाख १, २०८३

महिला क्रिकेटमा एपीएफ च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
दाङ- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधी एपीएफले उचालेको छ । मंगलबार दाङको लमहीमा भएको उपाधि भिडन्त खेलमा प्रदेश नम्बर १ लाई ८७ रनको फराकीलो अन्तरले पराजित गर्दै एपीएफले उपाधी उचालेको हो। 

फाईनलमा पराजित प्रदेश नं. १ उपबिजेतामा चित्त बुझाउन बाध्य हुदा सुदुरपश्चिम प्रदेश तेस्रो भयो । टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरमा पुरै विकेट गुमाएर १ सय २८ रन जोडो थियो ।  

एपिएफका लागि ज्योति पाण्डेले सर्वाधिक ४५ रन जोडीन् । त्यस्तै सिताराना मगरले ४२ रनको योगदान दिए । बलिङ्ग तर्फ प्रदेश १ कि रुविना क्षेत्री, सवनम राई र संगिता राइले समान ३र३ विकेट लिए। 

१ सय २९ रनको बिजयी लक्ष्य लिएर जवाफि ब्याटिङका लागि खेल मैदानमा उत्रेको प्रदेश नम्बर एक १९ दशमलव ४ ओभरमा अलआउट हुदै मात्र ४१ रनमा बनायो । प्रदेश १ का लागि रश्मि शर्मा चौलागाईले अविजित हुदै २७ रन जोड्न बाहेक अन्य खेलाडीको प्रदर्शन सोचे अनुरुप हुन सकेन । बलिङ्गमा एपीएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २-२ विके लिइन । 

प्लेर अफ द म्याच रिता राना मगर घोषित भइन । प्रतियोगिताको बेस्ट बलर प्रदेश १ की संगिता राई, बेष्ट ब्याट्सवमन प्रदेश ७ कि कबिता जोशी, प्लेयर अफ द टुनामेन्ट प्रदेश १ कि रुविना क्षेत्री घोषित भइन् । 

दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य विनोद मैनालीको प्रमुख आतिथ्यतामा बिजेतालाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।