नेपालगन्ज – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा उपाधिका लागि विभागीय टोली आर्मी र भिड्ने भएका छन्। मंगलबार भएको सेमिफाइनल खेलमा नेपाल आर्मीले प्रदेश ५ र नेपाल पुलिसले एपिएफलाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन्।
पुलिसको जितका लागि रभी पासवान र तेज तामाङले गोल गरे। एपिएफका लागि आशिष लामाले एक गोल फर्काए। आर्मिका दुबै गोल पहिलो हाफमा भएक थिए। खेलको नवौं मिनेटमा रभी पासवानको गोल मार्फत पुलिसले सुरुवाती अग्रता लिएको थियो। पासवानले डि–बक्स नजिकैबाट गोलपोस्टको राइट टप कर्नरमा उत्कृष्ट गोल गरेका हुन्।
त्यसपछी ३३ औं मिनेटमा तेजले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे। उनले वन भर्सेज वनको स्थितिमा एपिएफका तीन डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए। निकैनै रोमाञ्च बनेको खेलको दोश्रो हाफमा एपीएफले एक गोल ग¥यो। खेलको ७२ औं मिनेटमा एपीएफका आशिष लामाले गोल गर्दै टोलिलाई खेलमा फर्काउने प्रयास गरे। तर, एपीएफले थप गोल गर्न नसक्दा खेल पुलिसले २–१ गोल अन्तरले जितेको हो।
अब पुलिसले उपाधिका लागि आर्मीसँग बुधबार दिउँसो खेल्ने छ। त्यस्तै तेस्रो स्थनका लागि प्रदेश ५ ले विभागीय टोलि एपिएफसँग बुधबार बिहान खेल्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४