मंगलबार, असार २३, २०८३

ओमनमा हुने सिरिजका लागि खेलाडी घोषणा, गुल्सन पहिलो पटक टिममा

आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिपक्षीय सिरिजका लागि १७ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा भएको छ।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिपक्षीय सिरिजका लागि १७ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा भएको छ। भदौ २५ बाट ओमनमा सुरु हुने सिरिजका लागि आज नेपाल क्रिकेट संघ (क्यान) ले टिमका खेलाडी घोषणा गरेको हो।

युवा बलर गुल्सन झा पहिलो पटक प्रशिक्षक डेभ वाटमोरको टिममा स्थान बनाएका छन्। उनका लागि अनुकुल रहे १७ वर्षे बलरले ओमन र अमेरिकाविरुद्धको सिरिजनमा सिनियर टिमबाट डेब्यू गर्न सक्नेछन्।

अब नेपाली टिम आउदो मंगलबार बिहान ८ बजे सलाम एयरबाट ओमन प्रस्थान गर्नेछन्। असोज ४ गते सिरिज सकिएपछि नेपाली टिम स्वदेश फर्कनेछ। नेपालले यसअघि लिग २ को सिरिज घरेलु मैदानमै अमेरिका र ओमनसँग खेलेको थियो।नेपालले त्रिपक्षीय सिरिजअघि ओमनमै पपुवा न्युगिनीसँग दुईओटा एकदिवसीय खेल खेल्नेछ। सो मैत्रीपूर्ण खेलमा गुल्सनले अवसर पाउने सम्भावना छ।

नेपाली टिमका खेलाडी 

ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवकर र बिक्रम शोब रहेका छन्।


प्रकाशित: Aug 21, 2021| 12:30 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।