बुधबार, साउन २०, २०८३

आर्मी फाइनलमा प्रवेश 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नेपालगन्ज- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत त्रिभुवन आर्मी क्लब पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार नेपालगन्ज रंगशालामा भएको सेमिफाइनल खेलमा प्रदेश ५ लाई पेनाल्टी सुटआउटमा ३-१ ले पारजित गर्दै फाइनलमा प्रदेश गरेको हो । 

निर्धारित समयको खेलमा टोलीले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा भने आर्मीले बाजी मार्यो ।  प्रदेश नं.५ का दिपेन सिंह ठकुरिले रोक्न खोज्दा घुँडामा लागेर गएको बल गालेमा परिणत भएको थियो । 

त्यसपछि खेलको ३२ औं मिनेटमा दिपक कुमार लामाले गोल गर्दै आर्मीलाई पहिलो हाफमा २-० को अग्रता दिलाए । तर, दोस्रो हाफमा भने आर्मीले अग्रता जोगाउन सकेन् । खेलको ७५ औं मिनेटमा आर्मीका खेलाडीले पेनाल्टी बक्स भित्र हेन्ड गरेपछि पाएको पेनाल्टीमा प्रदेश ५ का लागि विनोद केसीले गोलमा परिणत गर्दै टोलीलाई खेलमा फर्काए । 

त्यसको पाँच मिनेट नबित्दै पुनः डि-बक्स भित्र आर्मीका खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टीमा पुनः प्रदेश ५ का विनोदले नै गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । त्यस पछि दुबै टोलीबाट थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलीएको थियो । 

पेनाल्टीमा आर्मीका लागि आर्मीका लागि नवयुग श्रेष्ठ, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे भने जितेन्द्र कार्की र दिपेन्द्र गुरुङको पेनाल्टी प्रदेश ५ का गोलरक्षक प्रितम खड्काले बचाएका थिए । त्यस्तै प्रदेश ५ का लागि पेनाल्टीमा  कृष्ण रानाभाटले मात्र गोल गर्न सके । 

प्रदेश ५ का दिपेन सिंह ठकुरी, चेतन थारु र विबेक पुनको पेनाल्टी सफल हुन सकेन । अब आर्मीले उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।