शनिबार, चैत २८, २०८२

गौरिकालाई दोस्रो दिन पनि दुई स्वर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
बाँके- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्वीमिङ खेलमा आर्मीकी गौरिका सिंहले एक राष्ट्रिय कीर्तिमानसहित दुई स्वर्ण पदक जितेकी छिन् । बाँकेको नेपालगञ्जमा सोमबार स्वीमिङको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । उनले ५९.६० सेकेन्डमा दूरी पूरा गरी राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । आर्मीकै सोफिया शाहले रजत र एपीएफ क्बलकी तिसा शाक्यले कास्य पदकमा चित्त बुझाइन् ।

त्यस्तै, गौरिकाले ४०० मिटर फ्रिस्टाइलमा पनि स्वर्ण पदक जितेकी हुन् । उनले चार मिनेट ४४.८१ सेकेन्डमा निर्धारित दूरी पूरा गरी स्वर्ण पदक जित्दा आर्मीकै दुएना लामाले रजत र एपीएफकी तिसा शाक्यले कास्य पदक हात पारिन् । पुरुषतर्फ ४०० मिटर फ्रिस्टाइलमा एनआरएनका नाथन दोर्जे शेर्पाले स्वर्ण पदक जित्दा एपीएफ क्लबका नसिर हुसेनले रजत र एपीएफकै उग्रेन महर्जनले कास्य पदक हात पारे ।

त्यस्तै, पुरुषतर्फको ५० मिटर बटरफ्लाईमा नेपाल पुलिस क्लबका सायद हाम्जा शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले २७ सेकेन्डमा दूरी पूरा गरी राष्ट्रिय कीर्तिमान राखेर स्वर्ण पदक जितेका हुन् । त्यस्तै, आर्मीका अनुभव सुब्बाले रजत पदक जित्दा एपीएफका तेन्जिङ गुरुङले कास्य पदक जितेका छन् ।

त्यस्तै, यसै स्पर्धाको महिलातर्फका प्रतिस्पर्धामा आर्मीकी सोफया शाहले स्वर्ण पदक जितिन् । नेपाल पुलिस क्लबकी अनुसिया तण्डुकारले रजत र एपीएफकी श्रीबी महर्जनले कास्य पदक जितिन् । यता, पुरुषतर्फको २०० मिटर ब्याकस्ट्रोकमा एपीएफका सुभम श्रेष्ठले स्वर्ण पदक जित्दा पुलिसका दिपांकर अवालेले रजत र प्रदेश एकका विकास कुमालले कास्य पदक जिते । 

यही स्पर्धाको महिलातर्फ भने आर्मीकीकी दुएना लामाले स्वर्ण पदक जितिन् । त्यस्तै, आर्मीकै उपास्ति महर्जन दोस्रो हुदा पुलिसकी अदिप्सा वैद्य तेस्रो बनिन् । यता, पुरुषतर्फको १०० मिटर फ्रिस्टाइलमा आर्मीका एलेक्स शाहले स्वर्ण पदक जिते । त्यस्तै, पुलिसका सायद हाम्जा शाह दोस्रो हुदा आर्मीका अनुभव सुब्बा तेस्रो बने । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।