नयाँ दिल्ली – भारतमा जारी लोकसभा निर्वाचनमा गेरु रंग अर्थात भाजपाको प्रभाव विस्तार गर्न सत्तारुढ भारतीय जनता पार्टीले हिन्दू धार्मिक सन्तहरुलाई व्यापक रुपमा प्रयोग गरिरहेको एक अध्ययनले देखाएको छ।
उत्तर प्रदेश तथा मध्य प्रदेशमा भाजपा निकट राष्ट्रिय स्वयंसेवक संघ र उसका शाखा, विश्व हिन्दू परिषद्को समर्थन लिएर भाजपाले साधुसन्तहरुसँग हिमचिम बढाउन यथेष्ठ प्रयत्न गरिरहेको पाइएको छ। संघ परिवारका नेता भाजपा सरकारको कार्यशैलीदेखी रुष्ट भएका साधुहरुलाई आफ्नो पक्षमा ल्याउन संवादका विविध आयामहरुको प्रयोग गरिरहेको पाइएको छ।
२०१४ को लोकसभा चुनावमा भाजपाले आफ्नो कार्यकाल नसकिँदै राम जन्मभूमी अयोध्यामा रामा मन्दिर बनाएरै छाड्ने आश्वासन दिएको थियो। यो बाचा पूरा गर्न भाजपा सरकार असफल भएका कारण साधुसन्तहरु यो सरकारप्रति रुष्ट छन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४