शनिबार, चैत २८, २०८२

जिम्न्याष्टिक : राजुलाई सात स्वार्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
नेपालगन्ज- आठौं राष्ट्रिय खेलकुद अतर्गत जिम्न्याष्टिकमा एपीएफका राजु राईले सात स्वर्ण र एक रजत पदक जितेका छन् । सोमबार सम्पन्न खेलमा राजुले पुरुषको एक स्पर्धाबाहेक सबैमा स्वर्ण पदक जितेका हुन् । 

उनले अलराउण्डर र टिमतर्फ गरी सात स्वर्ण पदक जितेका छन् । फ्लोर, पोमेल हड्स, रोमन रिङ, पालरबार र हाइबारमा क्याटोगरीमा स्वर्ण पदक जित्दा भल्टिङ टेबल क्याटोगरीमा भने उनले रजत पदकमा चित्त बुझाए । उनले सातौं राष्ट्रिय खेलकुदमा पाँच स्वर्ण र दुई रजत जितेका थिए । 

त्यस्तै महिला फ्लोरमा एपीएफकी पिंकी झाङले स्वर्ण, प्रदेश ३ कि तारा शिवाकोटीले रजत र आर्मीकी बिदिशा न्यौपानेले कास्य जितिन् । भल्तिङको महिलामा पनि पिंकी झाङले स्वर्ण, प्रदेश ३ कि तारा शिवाकोटीले रजत र आर्मीकी बिदिशा न्यौपानेले कास्य जितिन् । 

महिला अलराउन्डरमा प्रदेश ३ कि तारा शिवाकोटीले स्वर्ण, एपीएफकी लुमिला मानन्धरले रजत र प्रदेश ३ कि प्रकृति थापा मगरले कास्य जितिन् । टिम स्पर्धाको पुरुषमा एपीएफले स्वर्ण जित्दा, प्रदेश ३ ले रजत र प्रदेश ७ ले कास्य जित्यो । महिलातर्फ प्रदेश ३ ले स्वर्ण,एपीएफले रजत र प्रदेश ५ ले कास्य जितेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।