सोमबार, चैत २, २०८२

युक्रेनको राष्ट्रपतिमा हाँस्यकलाकार विजयी !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
यूक्रेनमा राष्ट्रपति चुनाव लगत्तै गरिएको मत सर्वेक्षणका अनुसार हास्यकलाकार (कमेडियन) वोलोदीमीर जेलेन्स्की भारी मतका साथ राष्ट्रपति पदमा निर्वाचित हुँदै छन्।

चुनाव लगत्तै गरिएको मत सर्वेक्षण अनुसार उनले ७० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन्।  तीन हप्ता पहिले भएको पहिलो चरणको मतदानमा उनी सबैभन्दा अग्रस्थानमा थिए।

जेलेन्स्कीले यूक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई चुनौती दिएका थिए। आफ्नो हार स्वीकार गरिसकेका पोरोशेन्कोले राजधानी कियभमा समर्थकहरूलाई सम्बोधन गर्दै राजनीति भने नछोड्ने बताएका छन्।

"म तपाइँहरूलाई कहिल्यै निराश बनाउने छैन," जेलेन्स्कीले समर्थकहरूलाई भने। "म आधिकारिक रूपमा राष्ट्रपति भइसकेको छैन। तर यूक्रेनको नागरिकको हैसियतले म सोभियत संघ पछि स्थापना भएका सबै राष्ट्रलाई भन्न सक्छु - हामीलाई हेर। सबै कुरा सम्भव छ।"

पाँच वर्ष पदमा रहने

मत सर्वेक्षणले गरेको सङ्केत सही रहेमा उनी पाँच वर्षका लागी राष्ट्रपति निर्वाचित हुने छन्। यूक्रेनका राष्ट्रपतिको सुरक्षा, रक्षा र वैदेशिक मामिला जस्ता विषयमा निकै ठूलो प्रभाव रहन्छ।

सन् २०१४ देखि राष्ट्रपति रहेका पोरोशेन्कोले करिब २५ प्रतिशत मत प्राप्त गर्ने सम्भावना देखिन्छ। यूक्रेनमा भएको प्रदर्शन पछि रुसलाई समर्थन गर्ने राष्ट्रपतिले पद छोड्नु परेको थियो। अर्बपति पोरोशेन्को त्यसपछि राष्ट्रपति चुनियका थिए।

पोरोशेन्कोको राजनीति कता?

"चुनावको नतिजाले हामीलाई अनिश्चितता र अप्रत्याशित घटना तर्फ लानेछ,"चुनावपछि उनले भने। "मैले राष्ट्रपति पद त्याग गरे पनि म द्दढताका साथ भन्न चाहन्छु कि - मैले राजनीति छोड्ने छैन," उनले भने।

४१ वर्षीय जेलेन्स्की हास्य नाटक 'सर्वेन्ट अफ द पीपल' का कारण चर्चित छन्। उक्त नाटकमा उनले भूमिका निभाएको पात्र झुक्किएर यूक्रेनका राष्ट्रपति बन्न पुग्छन्। उक्त नाटककै नाममा रहेको राजनीतिक दलबाट उनी चुनाव लडेका थिए।

राजनीतिमा कुनै किसिमको अनुभव नरहेको जेलेन्सकीको चुनावी अभियान ठोस राजनीतिक मुद्दा भन्दा पनि विपक्षी दलका उम्मेदवार माथि उनको मतभेदमा केन्द्रित थियो। ३० प्रतिशत भन्दा बढी मत प्राप्त गर्दै उनले प्रथम चरणको चुनाव जितेका थिए। दोस्रो स्थानमा रहेका पोरोशेन्कोले १५.९५ मत प्राप्त गरेका थिए। बीबीसी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।