शनिबार, चैत २८, २०८२

लिभरपुल शीर्ष स्थानमा उक्लियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-कार्डिफ सिटीलाई पराजित गर्दै लिभरपुल इंग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा सिटीलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । 

पाहुना टोलीको जितका लागि जर्जिनियो विजनाल्डम र जेम्स मिल्नरले एक एक गोल गरे । दुबै टोल दोस्रो हाफमा सम्भव भएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा विजनाल्डमले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । 

त्यसपछि खेलको ८१ औं मिनेटमा मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए । यसजितसँगै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा दुई अंकको अग्रता बनाएकोछ । 

तर, सिटीले लिभरपुल भन्दा एक खेल कम खेलेको छ । लिभरपुलले ३५ खेलबाट ८८ अंक जोड्दै शीर्ष स्थानमा दुई अंकको अग्रता बनाएको हो भने एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ८६ अंक छ । पराजित कार्डिफ ३१ अंक जोडेर पुछार तेस्रो स्थानमा छ  ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।