बुधबार, साउन २०, २०८३

बेन्जेमाको ह्याट्रिकमा रियल विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- रियल मड्रिड स्ट्राइकर करिम बेन्जेमाको ह्याट्रिकको मद्दतले स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । आइतबार राती भएको खेलमा एट्लेटिको बिल्बाओलाई ३-० गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा भएको खेलम रियलले पहिलो हाफ गोल रहित बराबरी खेलेको थियो । दोस्रो हाफ सरु भएको दुई सनेट नबित्दै बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । 

त्यसपछि खेलको ७६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्ब पारे । खेलको अन्तिम मिनेटमा बेन्जेमाले ह्याट्रिक पुरा गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाए । 

उक्त बिल्बाओसँगको खेलमा बेन्जेमा एक्लै नयाक बने । बेन्जेमाले जारी सिजनको ला लिगमा ३३ खेल खेल्दै २१ गोल गरेका छन् । गत सिजन उनले ला लिगाका ३२ खेलमा मात्र पाँच गोल गरेका थिए । 

यस सिजन सबै खाले ५० खेलमा ३० गोल गरेका छन् । यसजितसँगै रियलले लिगको तेस्रो स्थानमा ३३ खेलबाट ६४ अंक जोडेको छ । पराजित बिल्बाओ ४६ अंक जोडेर सातौं स्थानमा छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।