शुक्रबार, चैत २७, २०८२

एमबाप्पेको ह्याट्रिकमा पिएसजी च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले लिग वानाके उपाधि जितेको छ । आईतबार राति भएको खेलमा मोनाकोलाई ३-१ गोल अन्तरले पराजित गर्दै पीएसजीले लिग उपाधि जितेको हो । 

पिएसजीके जितमा युवा फवार्ड एमबप्पेले ह्याट्रिक पुरा गरे । मोनाकोका एलेक्सजान्दर गोलोभिनले एक गोल फर्काए । घरेलु मैदानमा भएको खेलको १५ औं मिनेटमा पएसजीले सुरुवाती अग्रता लिएको थियो । एमबाप्पेले मुसा डैबीको सापमा गोल गरेका हुन ।

 त्यस्तै पहिलो हाफमा २-० का अग्रता बनाउने क्रममा एमबाप्पेले खेलको ३८ औं मिनेटमा व्यक्तीगत दोस्रो गोल गरे । दोस्रो हफमा थप एक गोल गर्दै ह्याट्रिक पुरा गरे । उनले खेलको ५५ औं मिनेटमा ह्याट्रिक पुरा गर्दै पिएसजीलाई ३-० को अग्रता दिलाए । 

 खेलको ८० औं मिनेटमा मोनाकोका गोलोभिनले एक गोल गर्दै खेलमा फर्किने संकेत देखाएका थिए । तर, थप गोल हुन नसक्दा मोनाको पिएसजीसँग ३-१ गोल अन्तरले पराजित भएको हो । 

यसजितसँगै पिएसजीले लिग वानको उपाधि जितेको छ । दोस्रो स्थानको लिले आइतलबार नै भएको खेलमा गोल रहित बाबरी खेले पनि पिएसजीले ४ खेल अगावै लिगको उपाधि जितेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।