शुक्रबार, चैत २७, २०८२

एपीएफ क्‍वाटरफाइनलमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
नेपालगन्ज – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा एपीएफले जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। 

आइतबार खजुराको डी गाँउमा भएको खेलमा एपीएफले प्रदेश १ लाई ४–० गोलले पराजित गर्दै क्वाटरफाइनमा स्थान बनाएको हो। 

एपीएफका लागि आषिस लामाले ह्याट्रिक गरे। उनले खेलको १४, ६३ र ७० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्न सफल भएका हुन्। त्यस्तै शुदिप सिम्राकारले एक गोल गरे। उनले खेलको २४ औँ मिनेटमा गोल गरेका हुन्। 

आज नै भएको अर्काे खेलमा गण्डकी प्रदेश प्रदेश ३ लाई ४–० गोल अन्तरले हराउन सफल भयो।
 
गण्डकी प्रदेशका लागि गण्डकीका लागि त्रिदेवले खेलको चौथो मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। 

त्यस्तै खेलको छैटौँ मिनेटमा टिकाराज गुरुङले गोल गर्दै गण्डकीको अग्रतालाई दोब्बर पारे। खेलको २१ मिनेटमा टिकाराजले व्याक्तिगत दोस्रो गोल गर्दै गण्डकीलाई ३–० गोलको अग्रता दिलाए। 

खेलको २५ औँ मिनेटमा विजय श्रेष्ठले गोल गर्दै टिमलाई जित नजिक पुगाए। खजुरामा भएको खेलमा प्रदेश ५ र गण्डकी प्रदेश सेमिफाइनल प्रवेश गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।