शुक्रबार, चैत २७, २०८२

अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताकोलागी नेपाली टोली पटना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
पटना – भारतको पटनामा सोमबार गतेदेखी हुन गइरहेको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन नेपाली राष्ट्रिय टोली बिहारको राजधानी पटना पुगेको छ।

जापान गोजुरीयो कराँते डो मिसन संघको प्रमुख प्रशिक्षक के.बि रानाको नेतृत्वमा २६ सदस्यीय खेलाडी र ९ जना अफीसियलगरी कुल ३५ जनाको टोली पटना आइपुगेको हो।

प्रतियोगीतामा नेपालसहित ८ देशले सहभागिता जनाउने छन्। प्रतियोगितामा नेपालले बिभिन्न उमेर समूह र तौल समूहमा सहभागिता जनाउने प्रमुख प्रशिक्षक रानाले जानकारी दिए।

खेलाडीसँगै नेपालको तर्फबाट कराँते महासंघका प्रदेश ५ अध्यक्ष भरत बहादुर केसी, जापान गोजु रियो कराते डो मिसन संघका केन्द्रीय सचिव गिरी पुन, रुपन्देही अध्यक्ष उमेश थापा मगर र चिकित्सक डा. विकास आलेसहित १० जना अफिसियल खेलाडी र पत्रकारको टोली भारत आइपुगेका हो।  

टोलीमा सहभागी कराँते महासंघका प्रदेश ५ अध्यक्ष भरत बहादुर केसीले विगतका वर्षमा जस्तै नेपाली टोलीले यस वर्षको प्रतियोगितामा पनि उच्च मनोबलका साथ प्रदर्शन गरेर स्वण पदक जित्ने विश्वास व्यक्त गरे।

प्रतियोगितामा नेपालका तर्फबाट १९ वर्षमाथिको (सिनियर) उमेर समूहतर्फ  रुपा राना ५०, दिलमाया कोइराला ५५, विपिन राना ५०, सन्तु थारु ५५, अमन सोती मगर ६०, छीरीङ गुरुङ  ६५, दिलबहादुर बुढाथोकी ७०, सन्दीप चौधरी ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै छन्।

१९ वर्षमुनीको (जुनीयर) उमेर समूहमा सुमन परियार ६० र सन्दीप चौधरी ७० केजी तथा  १७ वर्षमुनीको (जुनीयर) उमेर समूहमा शिवानी बस्नेत ५०,  विबिन गुरुङ ५०, सुनिल रावल ५५, रोशन राना ६० केजीले सहभागिता जनाउँदै छन्।

१४ वर्ष मुनीको (सब जुनीयर )उमेर समूहमा इशा सारु ४०, आकृति राना  ५०, प्रियंका थापा, ५५, शाहील गुरुङ ३५, जिवन पुन ४०, मिलन श्रीस ४५, प्रसुन शाही  ५०, सरोज क्षेत्री  ५५ केजीले  प्रतिस्पर्धा गर्ने भएका छन्।

यसैगरी १० वर्षमुनीको ( केडस)  उमेर समूहमा आदित्य क्षेत्री २०, बिवेक सेन ठकुरी २५, गौरब पौडेल ३०  र अमीसा पोखरेल ३० केजीले प्रतिस्पर्धा गर्ने भएका छन्।

भारतको आयोजनामा पाटलीपुत्र स्टेडियममा हुने प्रतियोगिताकोलागि विदेशी टीमका खेलाडी पटना आइपुगको अल इन्डीया कराते फेडेरेशनका अध्यक्ष राजु थापाले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।