शुक्रबार, चैत २७, २०८२

पौडी : आर्मीकी गौरीकालाई दुई स्वर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
बाँके- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २२ औं पौडी प्रतियोगितामा आर्मीकी गौरिका सिंहले दुई कीर्तिमान बनाएकी छन् । ५० मिटरको पौडी अन्तर्गत गौरिकाले नयाँ कीर्तिमान बनाएकी हुन् । त्यस्तै ८०० मिटरको पौडीमा उनले यसअघिको आफ्नो कीर्तिमानमा सुधारेकी हुन् ।

८०० मिटरको फ्रिस्टाइल पौडी अन्तर्गत आर्मीकी खेलाडी सिंहले ९ मिनेट ३९.२२ सेकेन्डमा दूरी पार गर्दै आफ्नो पहिलो कीर्तिमानमा सुधार गरेकी हुन् । त्यस्तै आर्मीकै उपास्ती महर्जनले ११ मिनेट ९.८२ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भइन् । 

नेपाल पुलिसकी समीरा शोभा थापाले ११ मिनेट १६ सेकेन्डमा दूरी पार गर्दै तेस्रो बनिन् । पौडी प्रतियोगिताको लङ्ग कोर्स संचालनका लागि ५० मिटरको पौडी पोखरी उपलब्ध नभएकाले आठौंमा नहुने भएका छन् । 

नेपालगन्ज रंगशाल परिसरमा रहेको पौडी पोखरी समयमै निर्माण हुन नसके पछि सर्ट कोर्सका खेल नेपालगञ्जस्थित सिंग्नेट होटलको स्वीमिङ पुलमा संचालन गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।