बुधबार, साउन २०, २०८३

आर्चरी : तविन र अर्चनालाई दोहोरो स्वर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बाँके- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगितामा अन्नपूर्ण आर्चरी क्लबकी अर्चना थापा र नेपाल आर्मीका तविन गुरुङले दोहोरो स्वर्ण जितेका छन् । आर्मीमा तविनले स्ट्याण्डर्ड टिम पुरुष र व्यक्तिग तर्फ स्वर्ण जितेका हुन् । त्यस्तै अर्चनाले ३० मिटर स्ट्याण्डर्डमा र व्यक्तिगत तर्फ स्वर्ण जितेकी हुन ।
 
तविनले बेस्ट आर्चरी क्लबका प्रन्जल राईलाई ६-० ले पराजित गर्दै स्वर्ण जितेका हुन् । प्रन्जलले रजत पाउँदा नेपाल आर्मीका कमल दानीले कास्य जिते । यसैगरी तविनसहितको टिमले पुरुष टिम स्पर्धामा बेस्ट आर्चरी क्लबलाई नै ६-० ले पराजित गर्दै स्वर्ण जितेको हो ।    

मिक्स स्ट्यान्डर्ड टिम ३० मिटरमा अन्नपूर्णका राजकुमार छन्त्याल र अर्चना थापाको जोडीलाई ६-४ ले पराजित गर्दै आर्मीका तविन गुरुङ र मन्जु बजगाईंको जोडीले स्वर्ण जिते । यस विधामा कञ्चनपुरका विवेक राना र लक्ष्मी थापाले कास्य हात पारे ।

महिलातर्फ अर्चनाले ३० मिटर स्ट्याण्डर्डमा टिमतर्फ आफ्नै क्लबकी अनुसासँग मिलेर स्वर्ण जितेकी हुन् । त्यस्तै ३० मिटरको व्यक्तिगततर्फ उनले फाइनलमा आफ्नै क्लबकी अनुसा गुरुङलाई ६-२ ले पराजित गर्दै स्वर्ण जितिन् । अनुसाले रजत जित्दा अन्नपूर्ण आर्चरी क्लबकै सनिला गुरुङले कास्य जितिन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।