एजेन्सी- पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएसँग युभेन्ट्सले इटालीयन सिरी ए मा उपाधि जितेको छ । युभेन्ट्सले लगातार आठौं पटक सिरी ’ए’ फुटबलको उपाधि जित्दा रोनाल्डोले युरोपका महत्वपूर्ण तीन लिगको उपाधि जित्ने एक्लो खेलाडीको कीर्तिमानी बनाएका हुन् ।
शनिबार राती भएको खेलमा फियोरेन्टिनालाई २-१ ले पराजति गर्दै युभेन्ट्सले लगातार आठौं पटक घरेलु लिगको उपाभि जितेको हो । युभेन्टसका लागि एलेक्स सान्ड्रोले गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार पाएको थियो । फियोरेन्टेनाका लागि मिलेनकोभिकले एक गोल गरेका थिए ।

युभेन्टसको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने पाहुना टोलीले गरेको थियो । पहिलो हाफको ६ औं मिनेटमा नै पाहुना टोलीका मिलेनकोभिकले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
तर, पाहुना टोलीले अग्रता जोगाउन नसक्दा युभेन्ट्सको घिरेलु टोलीले पुनरागमन जित निकालेको हो । खेलको ३७ औं मिनेटमा एलेक्स सान्ड्रोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

पहिलो हाफ १-१ को बराबरी भएको खेलको दोस्रो हाफमा युभेन्ट्सले आत्मघाती उपहार गोल पाउँदै लिगको उपाधिनै आफ्नो पोल्टोमा पार्यो । युभेन्ट्सले ३३ खेलबाट ८७ अंक जोड्दै केही खेल अगावै लिगको उपाधि जितेको हो । युभेन्ट्सले दोस्रो स्थानको नेपोली भन्दा २० अंकको अग्रता बनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४